राम्जादेउरालीमा प्रशासनले राखेको घुम्ती शिविरबाट झण्डै २ सय लाभान्वित - News site from Nepal

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाएँका दुई सय भन्दा बढि लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा बिहीवार संचालन गरिएको शिविरबाट सदरमुकाम सम्म आउन नसक्ने बृद्धबृद्धा, अपाङ्ग, तथा असहाय परिवारका २ सय जनालाई लाभान्वित भएका छन् । शिविरमा ७७ जनालाई नागरिकताको प्रमाणपत्र, र ५४ जनाको फोटो सहितको मतदाता नामवली संकलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ जनालाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो ।
शिविरमा सवैभन्दा बढि ७६ वर्षिया एक महिलालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न समस्याका कारण अहिलेसम्म नागरिकताको प्रमाणपत्र पाउन नसकेकी मोदी गाउँपालिका वडा नं. ७ की झरहरी पाध्या पाध्यालाई प्रमुख जिल्ला अधिकारी ढकालले नागरिकता प्रदान गर्नुभएको छ ।
जीवनको उत्तरार्दमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि बृद्धा पाध्या खुसी हुनुभएको थियो । उहाँले अब राज्यले दिने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा पाउनुहुनेछ । सो शिविरमा मोदी गाउँपालिकाको राम्जा र चित्रे तथा कुश्मा नगरपालिका वढा नं. ११ पकुवाका बासिन्दाहरु सेवा लिनका लागि सहभागि भएका थिए । विभिन्न समस्याले सदरमुकाम कुश्माबजारसम्म आएर नागरिकता लगायत प्रशासनिक कार्यहरु गर्न नसक्ने नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको हो ।
गत साता पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाडानामा संचालित शिविरबाट झण्ढै तीन सय जना लाभान्वित भएका थिए ।
सो अवसरमा जनजाति प्रमाणित लगायत विभिन्न सिफारीहरु समेत गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय पर्वतले यस अघि जिल्लाका झण्डै एक दर्जन भन्दा बढि स्थानमा यस्ता शिविरहरु संचालन गरेको छ । स्थानीय तहको कार्यान्वयन नहुने बेला सम्म एकीकृत रुपमा शिविरहरु संचालन गर्दै आएको भएपनि पछिल्लो समयमा भने जिल्ला प्रशासन कार्यालयले मात्रै विभिन्न क्षेत्रमा शिविर गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!