सामुदायिक केन्द्रलाई कम्प्युटर तथा प्रिन्टर सहयोग - News site from Nepal
सामुदायिक केन्द्रलाई कम्प्युटर तथा प्रिन्टर सहयोग

पर्वत । इनरह्वील इन्टरनेशनलको ९५औं स्थापना दिवसको अवसरमा क्लवद्वारा सामुदायिक प्रहरी सेवा केन्द्र, कुश्मा पर्वतलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको छ । अपराध नियन्त्रण तथा महिला विरुद्धको हिंशा न्यूनिकरणका टेवा पु¥याउने उद्देश्यले सो सहयोग प्रदान गरिएको हो । सहयोग अन्र्तगत एक थान कम्प्युटर, प्रिन्टर र अन्य एसेसरिज गरी ६५ हजार वरावरको सहयोग रहेको  छ । उक्त उपकरणका लागि नेष्डो नेपाल एवम् अमरटिका प्रतिष्ठानले आर्थिक सहयोग गरेका  हुन । 
महिलाहरुको नेतृत्व क्षमता विकास गरी सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले             सन २०२४ जनवरी १० तारेखका दिन इनरह्वील इन्टरनेशनलको स्थापना संयुक्त अधिराज्य वेलायतमा भएको थियो । सो दिनलाई विश्वभर अन्तर्राष्ट्रिय स्थापना दिवसको रुपमा मनाउदै आईएको छ । संस्थाले विश्वव्यापी शिक्षा र साक्षरता, महिला स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायतको क्षेत्रमा काम गर्दै आई रहेको छ । यसै सन २०१५ मा स्थापित इनरह्वील क्लव अफ पर्वतले विद्युतीय पुस्तकालय स्थापना, छात्रवृत्ति वितरण, दैविक प्रकोपमा राहात सहयोग लगायत दर्जनौ सामाजिक क्षेत्रमा कार्य गर्दै आई रहेको छ । 
सो अवसरमा नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिव प्रसाद सुवेदी र केन्द्रका प्रमुख प्रहरी सहायक निरिक्षक पुणिमा थापालाई संयुक्त रुपमा सो उपकरण हस्तान्तरण गर्नु भयो । सामाग्री हस्तान्तरण गर्दै प्रसाईले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि समुदाय र प्रहरी विच साझेदारी अपरिहार्य भएको वताउनु भयो । इनरह्वील अन्तर्राष्ट्रिय सेवामुलक संस्था भएकोले निमुखालाई साहरा, अन्याएमा परेकालाई न्याए र दुखमा परेकालाई राहातको अनुभती दिलाउन सदा क्रियाशिल रहेको वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका अध्यक्ष रोटरीयन सावित्री खत्री क्षेत्री, सामुदायिक प्रहरी सोव केन्द्रका अध्यक्ष शिव प्रसाद सुवेदी, केन्द्रका प्रमुख पुणिमा थापा लगायतले इनरह्वील क्लवले दिएको सहयोगले निमुखाको संरक्षणमा टेवा पुग्नेमा जोड दिनु भयो ।
कार्यक्रम क्लवका अध्यक्ष जमुना अधिकारीको अध्यक्षता, संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासीको स्वागत एवम् उपाध्यक्ष जलन के.सी. को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!