श्रद्धाञ्जलि दिन हेलिकोप्टर चढेर नेता पौडेल पर्वतको दुर्लुङमा - News site from Nepal

पर्वत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका स्व. थमनसिंह गुरुङको परिवारलाई भेट गरेका छन्।
साविकको धौलागिरीका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रमहरूमा सहभागि हुन सभापति शेरबहादुर देउवासँगै म्याग्दी आएका नेता पौडेलले आइतबार बिहान स्व. गुरुङको घरमै पुगेर उनको परिवारसँग भेटघाट गरेका हुन्।
श्रद्धाञ्जलि दिनका लागि पौडेल हेलिकोप्टरमार्फत दुर्लुङ पुगेका थिए। कांग्रेसका महाधिवेसन प्रतिनिधिसमेत रहेका गुरुङप्रति श्रद्धाजञ्लि व्यक्त गर्दै नेता पौडेलले स्वर्गीय गुरुङ मिलनसार र काँग्रेसका निष्ठावान कार्यकर्ता रहेको उल्लेख गरे।
थमनसिंहको निधनले पार्टीमा गम्भीर क्षति पुगेको बताउँदै उनले शोकको घडीमा परिवार, आफन्तजन र गाउलेहरूलाई धैर्य धारण गर्न अनुरोध गरे। दुर्लुङको श्रद्धाञ्जलि सभामा सकिएपछि नेता पौडेल बागलुङमा हुने कार्यक्रममा सहभागी हुन बागलुङ पुगेका छन्। गुरुङको शुक्रबार राति ६४ वर्षको उमेरमा आफ्नै निवास दुर्लुङमा निधन भएको थियो।


पञ्चायतकालदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय गुरुङ तीन वर्षदेखि कलेजोको क्यान्सरका कारण बिरामी थिए। गत माघ २० गते चेकजाँचका लागि नर्भिक अस्पताल काठमाडौं पुग्दा अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि उनलाई अस्पतालबाट घर फर्काइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!