जलजलाको नेपाली काँग्रेस भवन सिलन्यास कार्यक्रम भोली विहान हुने - News site from Nepal

पर्वत/ नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतको आइतवार विहान हुने भनिएको पार्टी भवन शिलन्यास कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको असामयिक निधनपछि फागुन २७ गते विहान १० बजेलाई सारिएको छ ।

जिल्ला नेता एवं महाधिबेशन प्रतिनिधि गुरुङको शोकमा नेपाली काँग्रेस पर्वतले तीनदिन शोक मनाउने निर्णय गरेसँगै आइतवार विहान पार्टी सभापति शेरबहादुर देउवाबाट सिलन्यास गर्ने भनिएको कार्यक्रम एकदिन पर सारिएको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानाकारी दिनुभयो । ‘शोकका कारण भवन सिलन्यास कार्यक्रम एकदिन पछि सारिएको छ, जलजलाको भवन सिलन्यास कार्यक्रम र नेपाली काँग्रेस पर्वतको कार्यकर्ता भेला एकैदिन गर्ने कार्यक्रम तय भयो ।’ –मल्लले भन्नुभयो ।
यसअघि पार्टीले फागुन २६ गते बिहान १० बजे जलजला गाउँपालिकास्थित मोहन चोकमा पार्टी कार्यालय भवन सिलन्यास तथा स्वर्गिय मोहनबहादुर मल्लको शालिक सिलन्यास कार्यक्रम एकैसाथ तय गरेको थियो । पार्टी कार्यालय भवनको शिलन्यास कार्यक्रम फागुन २७ गते बिहान १० बजेलाई सारिएको र सोही दिन जलजलामा भवन शिलन्यास कार्यक्रम पश्चात कुश्मा बजारमा काँग्रेस कार्यकर्ता भेला आयोजना हुने भएको छ । उक्त भेलालाई नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस पर्वतले जानाकारी दिएको छ ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायतका नेताहरुलेले शनिवार नेपाली काँग्रेस म्याग्दीको भवन उद्घाटनसँगै भएको जनसभालाई सम्बोधन गर्नुभएको थियो भने आज बागलुङमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!