पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा नेकपा वडा कमिटिको प्रथम पुर्ण वैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
दुई पार्टी एकता भएपछिको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य तथा पर्वतका पार्टी सचिब सुदिप कुबरले सपथ ग्रहण गराउनुभएको थियो ।
सो अवसरमा बोल्दै कुवरले मुलुक अहिले आर्थिक समृद्धि हुँदै समाजवादको दिशातर्फ उन्मुख भएको बताउनुभयो । संगठन मजवुत बनाउनका लागि सक्रिय रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । एकताका बेला सवैलाई जिम्मेवारी दिन नसकिने बताउँदै पार्टीको इमान्दार र सक्रिय कार्यकर्ताहरुको उचित मुल्यांकन हुने बताउनुभयो । उहाँले सरकारले गरेका कामहरुको तल्लो तहसम्म पु¥याउँन आग्रह गर्दै गाउँका भित्रिएको बजेट र बिकास निर्माणका कामहरुमा निगरानी बढाउन आग्रह गर्नुभयो ।
नेता कुँवरले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता अनुशासित, जिम्मेवार र पार्टीका नीति र विधि अनुसार चल्नुपर्ने बताउँदै गाउँ कमिटिलाई सभ्य बनाउन र सवैका भावना समेट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला कार्यदल सदस्य भक्त कुबर, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयानाथ चालिसे, नगर कमिटि अध्यक्ष शंकर गिरी, जिल्ला सचिवालय सदस्य मिनराज केसि, रामप्रसाद रिजाल पाङका वडा अध्यक्ष देवेन्द्र सुबेदि, लगायतले बोल्नुभएको थियो ।
नवगठित नेकपा वडा कमिटिका अध्यक्ष शंकरराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिब ईन्द्र कडेलले गर्नुभएको थियो ।