पर्वत ट्रेड युनियन काँग्रेसको प्रथम जिल्ला परिषद, सरकारको कार्यशैली अधिनायकबाद ः जोशी - News site from Nepal

पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारवाट जनता आत्तिसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको प्रथम जिल्ला परिषदको उद्घाटन गदै जोशीले वर्तमान सरकारको कार्यशैली अधिनायकवाद उन्मुख र जनविरोधी रहेको जिकिर गर्नुभयो । मूल्यवृद्धि अकाशिदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरताका साथ नलिएर गैरजिम्मेवार तरिकाबाट जवाफ दिँदै आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा सरकार कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट अघि बढी रहेको जोशीले आरोप लगाउनु भयो । सरकार श्रमिकका हक अधिकारप्रति पनि सकरात्मक नरहेको बताउँदै जोशीले सरकारका ज्यादती विरुद्ध नेपाली काँग्रेसले सदन र सडकवाट खवरदारी गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले ट्रेड यूनियन नेपाली काँग्रेसको खम्बा रहेको बताउनुभयो । उहाँले काँग्रेसलाई रचनात्मक कदम तर्फ डोराउन ट्रेड यूनियनलाई आग्रह गर्नुभयो । नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीले नेपाल टे«ड युनियन श्रमिकहरुको हकहितमा काम गदै आएको बताउँदै आगामी दिनमा संस्थाका गतिविधीलाई अझै प्रभावकारी बनाईने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाई, महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राजेन्द्रप्रसाद तिवारी, टे«ड युनियन काँग्रेसका केन्द्रिय उपाध्याक्ष एवम् नेपाल महिला विभागका कार्यवाहक अध्यक्ष शकुन्तला शर्मा, कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने, नेपाली काँग्रेसका पार्टी सदस्य कुलप्रसाद उपाध्याक्ष,नेपाल कारखाना संघका केन्द्रिय उपमहासचिव केशव भण्डारी, नेपाल टे«ड युनियन काँग्रेसका गण्डकी प्रदेशका उपाध्याक्ष रामप्रसाद अधिकारी, नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका कोषाध्याक्ष घनश्याम रेग्मी, नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका सह–सचिव पार्वती उपाध्याक्ष पार्वती उपाध्याक्ष,नेपाल टे«ड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष राजकुमार क्षेत्री, टे«ड युनियनकर्मी नारायण रखाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस पर्वतका कोषाध्यक्ष पूर्णकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष जानकी शर्मा र कार्यक्रमको संचालन सचिव गोविन्द सुवेदीले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari