पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराउ - News site from Nepal
पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराउ

पोखरा- गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराई दिगो विकासमा सहयोग पु¥याउन हार्डवयर व्यवसायीलाई आव्हान गर्नुभएको छ ।
शनिवार पोखरा हार्डवयर एशोसिएशनको २६ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले मर्यादित र गुणस्तरयुक्त सामाग्रीहरु विक्रि बितरण गरी दिगो विकास र समृद्धिमा टेवा पु¥याउन हार्डवयर व्यवसायीलाई अपिल गर्नुभयो ।
सिमेन्ट,छड,मार्वल,जस्तापाता,फाईवर जस्ता सामाग्रीहरुमा दिनादिनु गुणस्तर खस्किदै गएको छ, मन्त्री लम्सालले भन्नुभयो तपाईहरु कम गुणस्तरको सामाग्री बेचेर पैसा कमाउने धन्दामा मात्र लाग्नुहुदैन्, भौतिक पूर्वाधार निर्माणको लागि गुणस्तरीय सामाग्री उपलब्ध गराएर दिगो विकासमा सरकारलाई साथ दिनुहोस् । मन्त्री लम्सालले निजि क्षेत्रलाई निश्चिन्त भएर लगानी गर्न समेत आग्रह गनुभयो ।
मन्त्री लम्सालले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर मुलुकमा शुसासन कायम गर्दै राजस्व संकलनका साथै निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिदै अगाडी बढ्ेको बताउनुभयो ।
निजि क्षेत्रले आफुलाई नाफा नहुने ठाउँमा लगानी गर्न सक्दैन,सरकारले पनि निजि क्षेत्रको उपेक्षा गरेर अगाडी बढ्दैन मन्त्री लम्सालले भन्नुभयो”‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस भन्ने हो,मुलुकमा व्यवसायिक तथा लगानीको वातावरण बनोस,’ स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस् भन्ने हो । तर सरकारको नियम पालना गर्दिन भन्ने जो कोहीँलाई पनि सरकारले कानुनी दायरामा ल्यायर कार्बाही गर्ने मन्त्री लम्सलको भनाई थियो ।


पोखरा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष दामु अधिकारीले निजि क्षेत्र सँगको सहकार्य विना मुलुक समृद्ध बन्न नसक्ने धारण राख्नुभयो । सरकारले उद्योग र आर्थीक सम्बन्धीका ऐन कानुन बनाउदा निजि क्षेत्र सँग छलफल वा सहकार्य नगरी ल्याउन नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा लेखनाथ उद्योग,वाणिज्य संघ अध्यक्ष कृष्णहरि भण्डारी, र पोखरा हार्डवयर एशोसिएशनका पूर्व अध्यक्ष एवम् सल्लाहकार परमेश्वर आचार्य,सिद्र्धर्थ सिमेन्ट उद्योगका निर्देशक रोहति कुमार उग्रवाल,श्री स्टल प्रा.लि.भैरहवाका महाप्रबन्धक कुश जगं मल्ल, र लेखनाथ हार्डवयर एशोसिएशनका निवर्तमान अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, पोखरा हार्डवयर एशोसिएशनका सदस्य एवम् कार्यक्रम संयोजक प्रतापराज पौडेल लगाएतले बोल्नुभएको थियो ।
पोखरा हार्डवयर एशोसिएशनका अध्यक्ष कृष्ण मुरारी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव अर्जुन ब.सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari