पर्वत काँग्रेसको पहिलो चरणको जागरण अभियान सकियो - News site from Nepal
पर्वत काँग्रेसको पहिलो चरणको जागरण अभियान सकियो

पर्वत–नेपाली काङ्ग्रेस पर्वतको राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरणको कार्यक्रम आज सम्पन्न भएको हो । नेपाली काँग्रेस पर्वतले पार्टीमा एक कार्यक्रमको आयोजना गरि पहिलो चरणको जागरण अभियान भव्य रुपमा सम्पन्न भएको जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले पर्वतमा राष्ट्रिय जागरण अभियान सफल भएको दावी गर्नुभयो । उहाँले एक महिने अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेकाले काँग्रेस अव एक ढिक्का भएर अगडी बढ्ने बताउनु भयो । पर्वत काँग्रेसमा कुनै गुटउपगुट नभएको जिकिर गदै जागरण अभियानले सवै नेता तथा कार्यकर्तालाई एकताको सुत्रधारमा बाँधेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति तथा महासमिति सदस्य नवराज गुरुङ, कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी नेपाली काँग्रेसकी पूर्व जिल्ला सदस्य चित्रकला शर्मा भारतीले गर्नुभएको थियो ।
काँग्रेसले पहिलो चरणको एक महिने जागरण अभियानमा ७७ जिल्लामा काँग्रेसका केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको थियो ।
सो जागरण अभियानका क्रममा जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । यसैविच नेपाली काँग्रेसको जागरण अभियान अन्र्तगत कुश्मा नगरपालिका–५ मा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका महाधिवेशन तथा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस कुश्मा नगरपालिका ५ का सभापति रामु श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा स्वागत चित्रकला शर्मा भारती र कार्यक्रमको संचालन उत्तम ढकालले गर्नुभएको थियो ।
यस्तै यता कुश्मा नगरपालिका ११ पकुवामा सम्पन्न भएको राष्ट्रिय जागरण अभियान अन्र्तगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा चित्रकला शर्मा भारती, मिना कर्माचार्य, उमा कुमालको उपस्थिती रहेको थियो । हर्कवहादुर मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मनत्व्य नेपाली काँग्रेसका क्षेत्रिय कोषाध्याक्ष रमेश वम मल्ल राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!