
पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा घटेका र घट्न सक्ने घटनाहरुलाई सर्वेक्षण गर्न र सर्वसाधारणले समेतहेर्न मिल्ने गरी समग्र जिल्लाको ‘क्राइम म्याप’ अपराध नक्सा तयार पारेको छ । प्रहरीले कुश्मा नगरपालिकाको सहयोगमा जिल्लाकासात वटै स्थानीय तहको सर्वेक्षण गर्न मिल्ने गरी उक्त नक्सा बनाएको हो ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पर्वतमा चोरी, डकैती, लुटपात, झैझगडा, कर्तव्य ज्यान लगायतका घटना दर्ता हुने क्रम बढ्दैगएपछि त्यसको तथ्याङ्क अध्यावधिक सँगै घटना सर्वेक्षण गर्न क्राइम म्याप बनाइएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीलेजानकारी दिए ।
धार्मिक तथा पर्यटनको हिसावले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको सन्दर्भमा जिल्लाको अपराधिकअवस्थालाई जस्ताको त्यस्तै नक्सामा उतार्नका लागि प्रहरीले नक्सा बनाउने काम अघि बढाएको हो । ‘नक्सा इन्टरनेटको माध्यामबाटजो सुकैले पनि संसारको जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरी बनाइएको छ’ प्रहरी नायव उपरिक्षक तिवारीले भने ‘हामी नेपालमा नै पहिलोप्रयास हो, नेपाल भित्र र बाहिर जुनसुकै स्थानबाट पर्वत आउने व्यक्तिले पर्वतको क्राइमको अवस्थाले नक्साबाट हेरेर घुमफिर गर्नसक्छ’ उनले नक्साकै आधारमा पर्वतका सम्बेदनशील क्षेत्रहरु छुट्टाउन सकिने बताए ।
क्राइम नक्सामा पर्वतका सवै स्थानमा विगत तीनबर्ष यतादेखि भएका घटनाहरु अध्यावधिक गरिएको छ । कुन समयमा पर्वतको कुनस्थानमा के घटना घटेको हो भन्ने कुरा नक्साबाट प्रष्ट थाहा पाउने भएकाले क्राइम म्याप प्रभावकारी हुने देखिएको कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘अब सात वटै स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो तहको सुरक्षा सम्बेदनशील क्षेत्रनक्साबाटै हेर्न पाउनेछन्’ उनले जनप्रतिनिधिहरुलाई अपराध नियन्त्रणमा क्राइम म्यापले महत्वपूर्ण सहयोग पुग्ने बताए ।
उक्त क्राइम म्याप निर्माणको आर्थिक तथा प्राविधिक सम्पूर्ण जिम्मा कुश्मा नगरपालिकाले लिएको छ । अहिले नक्सामा घटनाअद्यावधिक गर्ने कार्य भइरहेको र एप्लिकेशन मार्फत नै क्राइम म्याप हेर्न सकिने गरी प्राविधिक कार्य भइरहेको कुश्मा नगरपालिकाकासूचना प्रविधि इञ्जिनियर राजिव रिमालले जानकारी दिए ।