पर्वत काँग्रेसले सम्झियो पूर्व प्रधानमन्त्री कोईरालालाई, कोईराला बिना संविधान सम्भव थिएन ः जोशी - News site from Nepal

पर्वत – नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गिय शुसिल कोईरलाको तेस्रो स्मृति दिवस पर्वतमा पनि सम्पन्न भएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा स्मृति सभा सम्पन्न भएको हो ।
संविधान निर्माणमा मुख्य भूमिका खेल्नुभएका कोईरालाको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाईएको पर्वत काँग्रेसले जनाएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले शुसिल कोईरालाले पहल नगरेको भए नेपालको संविधान २०७२ ले पुर्णता नपाउने बताउनुभयो । सरकारले शुसिल कोईराला र गिरीजाप्रसाद कोईरालाको नाममा रहेका अस्पतालको अस्तित्व मेटाउन खोजेकोमा दुःख व्यक्त गर्दै मुलुकका लागि योगदान दिन ब्यक्तिलाई राज्यले सँधै सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले दुई तिहाई बहुमत प्राप्त अहिलेको सरकार खुरुखुरु काम गर्न छाडेर झिना मसिना कुराहरुमा अल्झिएको आरोप समेत लगाउनुभयो । उहाँले यहि अवस्थामा यो सरकारले मुलुकको विकास गर्न नसक्ने बताउँदै दुई तिहाईको दम्भ नदेखाउन समेत चेतावनी दिनुभएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नबराज गुरु, महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, नेपाली काँग्रेस जिल्ला सदस्य कुलप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।
यस्तै नेपाल विद्यार्थी संघ पर्वतको आयोजनामा पनि साँझ दिप प्रज्वलन सम्पन्न भएको छ । संविधानका पिता भनेर चिनिने स्वर्गिय कोईरालाको योगदानको स्मरण गर्दै दिप प्रज्वलन गरिएको हो ।
यसैबीच नेपाल महिला संघ पर्वतले आज सरकारको बिरुद्धमा कुश्माबजारमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको देशव्यापी बिरोध अभियान अन्तर्गत आज पर्वतमा पनि प्रदर्शन गरिएको हो । प्रदर्शनमा नेपाल महिला संघमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!