पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बर नेम्वाङको निधन - News site from Nepal

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको निधन भएको छ ।
फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा आयोजित कार्यक्रममा कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको उपचारका लागि अस्पताल पुर्‍याएपछि निधन भएको हो ।  फाल्गुनन्द गाउँपालिकाको वडा नम्वर ५ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेम्वाङ मन्तव्य राखि सकेपछि अचानक मुर्छा पर्नुभएको थियो । कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको नेम्वाङलाई तत्काल स्थानीय क्लिनिकमा स्वास्थ जाँच गराउँदा अस्पताल लैजाने सुझाव पाएसँगै इलाम जिल्ला अस्पताल लगिएको थियो ।
उहाँलाई इलाम जिल्ला अस्पतालमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । अस्पताल पुर्‍याउँदा हर्ट विट र पल्सले काम गर्न छोडिसकेको थियो । उहाँका पुरै अंग निष्कृय भइसकेका थिए ।  मुर्छा परे लगत्तै निधन भइसकेको हुन सक्ने इलाम अस्पतालका डाक्टर पवनजंघ रायमाझीले भनाई थियो । यसअघि नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष बनेका नेम्वाङ २०४९ र ०५४ सालमा साविक पौवासारताप गाविसको अध्यक्ष हुनुभएको थियो ।
नेम्वाङ साहित्यमा समेत दख्खल राख्नुहुन्थ्यो । उहाँको साँझको अवसान तरेलीहरु कविता र अमेरिका भ्रमणका केही सम्झनाहरु संस्मरण प्रकाशन भइसकेको छ । नेम्वाङलाई यसैवर्ष नेपाल सरकारले सुप्रवल जनसेवा श्रीबाट समेत विभूषित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!