पर्वतमा दोस्रोपटक भारी हिमपात, डाँडाकाडा हिउँले सेताम्मे - News site from Nepal

पर्वत ः पर्वतका सवैजसो डाँडाकाँडाहरु हिउँले सेताम्मे बनेका छन् । यस वर्ष दोस्रो पटक हिउँ परेको हो । यस अघि माघ ११ गते शुक्रवार हिउँ परेको थियो ।
जिल्लाका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । शुक्रवार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानी, ठुलीपोखरी, खौलाकोट, चित्रे, राम्दा, आर्थर, भोक्सिङ्ग, थापाठाना लुंखुदेउराली लगायतका स्थानमा भारी िहिमपात भएको छ । अधिकांस डाँडाहरुमा हिमपात भएको खबर आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् ।
जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायतका लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!