
पर्वत ः पर्वतको सदरमुकाम कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
गण्डकी र प्रदेश नं. ५ का १० जिल्लालाई कार्यक्षेत्र वनाई आफ्नो कारोवारलाई अगाडी बढाएको बैंकले चालु आर्थिक बर्षमा भैरहेका बैंकको कारोबारको अवस्थका बारेमा समिक्षा गरेको हो । संस्थाको पुस मसान्त सम्म रु १५ करोड ४८ लाख ८७ हजार ७ सय ७५ रुपैया बचत संकलन गरेको छ । भने ७ हजार ४ सय ६८ जना सदस्यहरुलाई रु १ अर्ब ६० करोड २८ लाख ८२ हजार ५ सय कर्जा प्रवाह गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्रीले जानकारी दिनुभयो ।
उक्त संस्थाले रु.१ अर्ब ८ करोड, ७५ लाख १८ हजार कर्जा असल गरी हाल रु.५१ करोड, ५३ लाख ६४ हजार ४ सय १४ रुपैया मात्र लगानीमा रहेको पनि खत्रीले बताउनुभयो । दोश्रो त्रैमासमा संस्थाको नाफा .रु ७९ लाख २५ हजार रहेको छ ।
जनसेवी लुघुवित्त वित्तीय संस्थाले आयोजना गरेको दोश्रो त्रैमासिक समिक्षा गोष्ठीमासंस्थाका संचालक मेघनाथ सुवेदीले अहिले दुई वटा प्रदेशमा संचालित यो संस्थालाई निकट भविष्यमै राष्ट्रिय स्तरको बनाउन थालिएको बताउनुभयो । उहाँले निकट भविष्यमै अन्य वित्तिय संस्थाहरुसँग मर्ज गरेर राष्ट्रिय स्तरको वित्तिय संस्थाको रुपमा विकास गर्न थालिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री, नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रवन्धक केशवनारायण प्रधान, सहायक प्रवन्धक हर्ष बहादुर स्याड्डतान, कायम मुकायम वरिष्ठ अधिकृत कृष्ण प्रसाद शर्मा लगायत २५ वटै शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रको उद्धेश्यमाथी नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले प्रकाश पार्नुभएको थियो । सो कार्यक्रमको सहजिकरण सहायक प्रवन्धक हर्ष बहादुर स्याड्डतान र कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । सो अवसरमा संस्थाका २५ वटै शाखा कार्यालयको प्रस्तुती समेत गरिएको थियो । शाखाहरुको प्रस्तुतीमा आएका सुभाव र गुनासाको बारेमा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री र नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले स्पष्ट पार्नुभएको थियो ।
हाल उक्त संस्थाले १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत १३ हजार २ सय ४ जनालाई सेवा पु¥याउँदै आएको छ । पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, तनहुं, लमजुङ, गोरखा र कास्की जिल्लामा यो संस्थाका शाखाहरु बिस्तार भएका छन् ।