
पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा पर्वतको मोदी गाउँपालिका २ मा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोदी गाउपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
उक्त कार्यक्रम मोदी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेल प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक बिनीमहादेव पौडेलले लैङगीक हिंसा नियन्त्रण, गुणस्तरहिन मदिरा नियन्त्रण तथा मुलुकी अपराध संहिता २०७४ को व्यवस्था मा महिला बालबालीका विरुद्धको अपराध विषयको प्रस्तुतिकरणमा प्रकाश पार्नुभयो । मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामीछानेले समाज बिकाशमा नागरिक अग्रसर हुनुपर्ने र हरेक कामहरु गर्दा निर्णाय गरी कार्ययोजनामा तय गरी अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा उठेका गुनासा तथा समस्याका बारेमा प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले आप्mना बिचार दिनुभएको थियो । गाउँपालिकाका प्रमुख प्रेम पौडेलले जिम्मेवारीलाई संवेदनशिल भई कार्यन्वयन गर्न पालीका स्तरीय कार्यक्रममा लैंङगिक हिंसा नियन्त्रणमा यथासिघ्र समिति गठन गर्ने, पालिका स्तरिय बक्तृत्वकला प्रतियोगिता पुरस्कार को लागी पौष मसान्तमा सहकार्य गर्ने र मदिराका सम्बन्धमा सरोकारवाला निकायसंग गाउँपालिकाले संयुक्त रुपमा अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
सचेतना कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख सेति महत, प्रहरी निरीक्षक बिनिमहादेव पौडेल, सामुदायिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक पुर्णिमा थापा, गाउँपालिका अन्तर्गत वडा नं.२, ५, ६ र ८ का वडाध्यक्षहरु, गैसस महासंघ गण्डकी प्रदेशका सदस्य यामबहादुर मेघासी, नवजागृत क्याम्पसका प्रचार्य, वडा प्रतिनधीहरु, प्रहरी चैकी देउपुरका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर नेपाली, मगर समाजका अध्यक्ष जित ब पुन, उद्योग वाणिज्य संघका सदस्य, आमा समुहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।