पर्वतमा सहिद शुरेश वाग्ले स्मृति दिवस सम्पन्न - News site from Nepal
पर्वतमा सहिद शुरेश वाग्ले स्मृति दिवस सम्पन्न

पर्वत/ नेपाल कम्युनिस्ट पार्टी नेकपा पर्वतको आयोजनामा जनयुद्धका सहिद शुरेश वाग्ले बासु र भिमसेन पोखरेलको स्मृति कार्यक्रम सम्पन्न भएको छ । २०५६ साल भदौ २३ गते तत्कालीन सरकारले गिरफ्तार गरि हत्या गरेको दिनको स्मरण गर्दै स्मृति सभा आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल ठकुरीले सुरेश र भिमसेन जस्ता सहिदहरुले देखाएको बाटो अनुशरण गरेमा मात्रै सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । ठकुरीले सहिदहरुले गरेको बलिदानबाट देश अहिलेको अवस्थामा आएको र हालसम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडी बढेमा मात्र सहिदका सपना र उद्देश पूरा हुने बताउनुभयो । देश समाजबाद उन्मुख भएकाले अबका केही वर्षमा देश समृद्ध बन्ने विस्वाश व्यक्त गर्नु भयो । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदी, मनरुपा सुबेदी लगायतले सहिद बासुले नेपाली क्रान्तिमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । नेकपा जिल्ला कमिटी पर्वतका सचीव सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा पर्वतका कार्यालय सदस्य भक्त कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!