दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा - News site from Nepal
दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं । दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।

नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताए ।
यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!