पर्वत काँग्रेसका सचिब युक्तप्रसादको श्रद्धाञ्जली सभा सम्पन्न, मृत्यु शंकास्पदनै हो छानविन हुनुपर्छ ः जोशी - News site from Nepal

पर्वत–नेपाली काँग्रेस पर्वतका पार्टी सचिव स्वर्गिय युक्तप्रसाद श्रेष्ठको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
साउन १२ गते श्रेष्ठको निधन भएको थियो । आज १३ औँ दिनको पूण्यतिथीमा कुश्मामा श्रद्धाञ्जली सभा भएको हो ।
सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय श्रेष्ठको निधन शंकास्पद रहेको भन्दै निष्पक्ष छानविनको माग गर्नुभयो । श्रेष्ठको नियोजित रुपमा र षडयन्त्र पूर्वक हत्या गरिएको दाबी गर्दै केन्द्रिय सदस्य जोशीले पार्टिले यो घटनालाई गम्भिर रुपमा लिएको बताउनुभयो । पार्टिको केन्द्रिय समिति बैठकमा आफुले दरिलो रुपमा अडान राखेको र यो अडान काँग्रेसका साँसदहरुले संसदमा पनि राखेको जोशीले बताउनुभयो । स्वर्गिय श्रेष्ठलाई बालुवाटार जग्गा प्रकरणमा मुछेर फाईदा लिन खोजिएको जिकिर गर्दै जोशीले यथार्थ नबुझ िचरित्र हत्या गर्ने प्रयास भएकोमा खेद प्रकट गर्नुभयो । जोशीले श्रेष्ठको निधनले नेपाली काँग्रेस पार्टिलाई मात्रै नभएर पर्वत जिल्ला, यहाँका सामाजिक संघसंस्था, घर परिवार सबैलाई अपुरणिय क्षती भएको बताउनुभयो । उहाँले युक्तप्रसाद श्रेष्ठ आफनो लगन, मिहेनत र निष्ठाका कारण जिल्लाबासीहरुको मनमनमा बसेको जोशीले स्मरण गर्नुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि श्रेष्ठ एक इमान्दार, कर्तव्य निष्ठ र आदर्श पुरुष रहेको भन्दै उहाँ चिर स्मरणिय रहने बताएका थिए । कार्यक्रममा गण्डकी प्रदेशकी साँसद ललिताकला गुरुङ, प्रदेश सभा ख का उम्मेदवार तथा महाधिवेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य बसन्तवहादुर सिके, महाधिवेशन प्रतिनिधी तथा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, महासमिति सदस्य गंगाधर तिवारी, मिना केसी, राधाकुमारी कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधी सोनम वेगम साहरा, मोहन गुरुङ, जिल्ला कार्य समिति सदस्य लेखवहादुर गुरुङ, तिलकप्रसाद श्रेष्ठ, कुलप्रसाद पाध्या, डाक्टर चुडामणि शर्मा, कृष्ण केसी, शेरवहादुर आचार्य, अशोक उच्चै ठकुरी, निर्मल विश्वकर्मा, सरस्वती शर्मा जिज्ञासू, पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेल, नेपाल महिला संघ पर्वतका जिल्ला अध्यक्ष जोगमाया प्रसाई, भुपु सैनिक संघ पर्वतका अध्यक्ष खड्कवहादुर कार्की, नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल राजले शोक मन्तव्य व्यक्त गर्नुभयो ।
उक्त सभामा नेपाल दलित संघका अध्यक्ष याम परियार शिव,नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, ट्रेड युनियन पर्वत काँग्रेसका अध्यक्ष सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, नेपाली काँग्रेस पैयु गाउँपालिकाका संयोजक प्रदिप श्रेष्ठ, विहादीका संयोजक विष्णुप्रसाद भुषाल, फलेवासका संयोजक हिरामणि सापकोटा, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने, विहादी गाउँपालिका–१ बाच्छाका वडा अध्यक्ष हेमनाथ आचार्य, फलेवास नगरपालिका–२ थापाठानाका सभापति थमानसिँह थापा, राम्जाका सभापति नारायणप्रदसाद गौत्तम, सामजिक क्लवहरुको तर्फवाट काशीकुमार जोशी, जेसिज पर्वतका अध्यक्ष मोहन आचार्य र परिवारको तर्फवाट पूर्णकुमार श्रेष्ठ लगायतले शोक मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वत्का सभापति खिमप्रसाद भुषालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत उपसभापति दुर्गावहादुर खत्री र कार्यक्रमको संचालन पार्टी सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।
यसैबीच लायन्स क्लवका डिष्ट्रिक्ट ३२५ बि १ का पूर्व गभर्नर लायन युक्त प्रसाद श्रेष्ठको मृत्युको १३ औ दिनको पुण्य तिथिमा पर्वतमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!