फलेवास नगरपालिकाले बस्ती वरिपरीका रुखबिरुवा कटान गर्दै - News site from Nepal
फलेवास नगरपालिकाले बस्ती वरिपरीका रुखबिरुवा कटान गर्दै

पर्वत–फलेवास नगरपालिकाले पनि खेती योग्य जमिन र बस्ती वरपर रहेका रुखहरु फडानी गर्ने भएको छ । रुख बिरुवा बढ्दै गएपछि गाउँमा बन्यजन्तुले असर गर्न थालेको र खेतवारीमा हुर्किएका रुखका कारण उब्जनि घट्दै गएको भन्दै रुखहरु काट्न थालिएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीवार वडा नं. ४ मुडिकुवामा भएको सर्वपक्षिय भेलाले रुख कटानको दायरा तय गरेको छ । घर, गोठ र शौचालय भन्दा २५ मिटर, संघ, संस्था, कार्यालय र मन्दिर वरिपरी २५ मिटर, खेतीयोग्य जमिनभन्दा १० मिटर र वडा सिमानामा परेका रुखहरु वडाका जनप्रतिनिधिहरुको समन्वयमा कटान गर्ने निर्णय गरिएको छ । वडाले उक्त प्रस्ताव गरि नगरपालिकामा पठाईएको र नगरपालिकाले पारित गरेपछि रुख कटान कार्य शुरु हुने प्रवक्ता गौडेलले जानकारी दिनुभयो ।
गौडेलको अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका नरनाथ सापकोटा, नेपाली काँग्रेसका गाउँसभापति पुनाखर गौडेल, मोती शर्मा रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिब पोषककुमार पौडेलले संचालन गर्नुभएको थियो ।
यस अघि कुश्मा नगरपालिकाले पनि यस्तै निर्णय गरेको थियो । कुश्माका १४ वटै वटा वडामा रुख कटान गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!