गण्डकी प्रदेश भ्रमण बर्ष तयारी शुरु, नमस्ते अभियान थालिने - News site from Nepal
गण्डकी प्रदेश भ्रमण बर्ष तयारी शुरु, नमस्ते अभियान थालिने

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताएका छन् ।

आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले त्यसका लागि चालु आवको फागुनदेखि पोखरा–सिमरा, चैतमा नेपालगञ्ज–पोखरा सीधा हवाइ उडान संचालन गरिने जानकारी दिए ।

प्रदेशमा आन्तरिक पर्यटक भित्राउन २०१९ मा कार्यक्रम गरिने र २०२० मा चीन र भारतबाट पर्यटक भित्राउने, २०२१ मा पोखरा विमानस्थलमा दैनिक ४ हजार पर्यटक उतार्ने र २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्राउने योजना सहित सरकार अघि बढेको बताए ।

प्रदेश घुम्न आएका पर्यटकको स्वागतका लागि होटल, ट्याक्सी, रेष्टुरेन्ट, टे«किङ एजेन्सी लगायतले नमस्ते अभियान सुरु गर्नुपर्ने बताए ।

उनले भने, नमस्ते अभियानले पोखरामा ट्याक्सी चढ्ने पर्यटकलाई पैसा कति दिन्छौ भन्दा पनि नमस्ते गरी मन जितेर पैसा लिनुपर्छ ।

सरकारले गण्डकी प्रदेशभित्र पर्यटकीय गन्तव्यका प्याकेजमा निर्धारित शुल्क तोकिनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको सो कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्तरिक भ्रमण वर्ष सफल पार्न महत्वपूर्ण सुझाव दिएका थिए ।

उनीहरुले पर्यटकीय गन्तव्य पहिचान गरी निजी क्षेत्रलाई लगानीको वातावरण र सरकारले भौतिक संरचना बनाइनुदिर्ने सुझाव दिए ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन व्यवसायीहरु इमान्दारका साथ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!