कुश्मा हस्पिटलमा अब हेलिकप्टर रेस्कयु ,गम्भीर बिरामी सिधै मेडिसिटि हस्पिटल काठमाडौमा - News site from Nepal

पर्बत/अन्तराष्ट्रिय स्तरको नेपाल मेडिसिटी र कुश्मा नगरपालिका ६ टेलिकम चोकमा रहेको कुश्मा हस्पिटल बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र कुश्मा हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक तेजेन्द्र अधिकारीले हस्ताक्षर गरेका हुन् ।
पर्बत तथा छिमेकी जिल्ला बागलुङ र म्याग्दी आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्नको लागि नेपालकै ठुलो र उत्कृष्ठ हस्पिटलसँग समन्वय गरेको हस्पिटलका अध्यक्ष शुसिल पौडेलले बताए । सम्झौता अनुसार कुश्मा हस्पिटलले ७५० शैया सहित सम्पूर्ण स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आएको मेडसिटी हस्पिटलको प्राविधिक तथा अन्य सम्पुर्ण सहयोग प्राप्त गर्नेछ ।
साथै हरेक महिना नेपाल मेडिसिटीका सुपर स्पेशलिस्ट डाक्टरहरुले कुश्मा हस्पिटलमा आएर बिरामीहरु चेकजाँच गर्नेछन् । बिभिन्न क्याम्पहरुमा पनि मेडसिटी हस्पिटलका डाक्टर, प्राबिधिक र अन्य आबश्यक टिमले कुश्मा हस्पिटलमै आएर बिरामीहरुको सेवा गर्नेछन् । अत्यन्तै जटिल मानिने हिप तथा घुँडाको अपरेशनहरुपनि कुश्मा हस्पिटलमा अब सम्भब हुने भएको छ । जस अन्र्तगत कुश्मा हस्पिटलमा घुडाँको प्रत्यारोपण क्याम्प समेत सम्पन्न भईसकेको छ । क्याम्पमा ४ जना घुडाँ प्रत्यारोपण रोगीहरु पत्ता लगाई उपचार समेत भईसकेको अधिकारीले बताए ।
कुश्मा हस्पिटलका निर्देशक अधिकारीका अनुसार मेडिसिटी हस्पिटलको समन्वयमा कुश्मा हस्पिटलबाट हेलिकप्टर रेस्क्युको समेत व्यवस्था गरिएको छ । यो व्यवस्थाले पर्बत आसपासका बिरामीहरुलाई प्रत्यक्ष लाभ मिल्ने छ । मेडसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले आफूहरुको सहकार्यले गण्डकी प्रदेशका बिरामीहरुलाई स्वास्थ्य सेवामा अझ पहुँच बढ्ने बिश्वास ब्यक्त गरे ।
अब बिरामीले नेपाल मेडिसिटी हस्पिटलमा डाक्टरको टिकट तथा अन्य सुबिधाका लागि सिधै कुश्मा हस्पिटलबाट नै बुकिङ गर्ने सक्नेछन् । हाल कुश्मा हस्पिटलमा बिषेशज्ञ डाक्टरबाट २४ सै घण्टा ईर्मजेन्सि सेबा, अन्य सम्पुर्ण बिषेशज्ञ सेबा तथा हरेक महिनाको पहिलो दोस्रो र चौथो शनिबार बिषेशज्ञ चिकित्सक बाट सेबा प्रदान हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari