पोखरा
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । शुक्रवार नेकपा गण्डकी प्रदेशका ईन्चार्ज पृथ्वी सुव्बा गुरुङले प्रदेश कमिटिका १८७ जना सदस्यहरुलाई एकै साथ पार्टी र जनताका लागि सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहणका अवसरमा मुख्यमन्त्री गुरुङले सरकार चौतर्फी घेरमा परेको बताउदै सरकारले गरेका हरेक कामहरुको गाँउ÷गाँउमा पुगेर मसिनो गरी जनता माझ प्रचार प्रसार गर्न निर्देशन दिए । गण्डकी प्रदेशका मुख्य मन्त्री समेत रहेका गुरुङले नयाँ जोश,जाँगर र उमंगका साथ जनताको पक्षमा सधै काम गर्न भनेका थिए ।
“पार्टी र सरकार सही ढंगले चल्यो भने जनता माझ गरेका प्रतिबद्धता पुरा गर्न सहज हुन्छ,उनले भने”सरकारका काम कार्बाहीहरुलाई बुझेर रचनात्मक सुझाव एवम् सल्लाह पनि हजुरहरुले दिनुपर्छ, ।।
उनले पार्टीको समान धारण बनाई वैचारिक,सहकार्य र एकतावद्ध भई काम गर्न समेत निर्देशन दिए ।
नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले विद्यानको प्रस्तावना,जनयुद्ध र वैद्यानिक सिद्धान्त बाटनै आफुहरु यहाँ सम्म आएको बताउदै विगतका सम्पूर्ण कमीकमजोरी विर्सेर अव नयाँ ढंगले पार्टीका कामहरु गर्नुपर्नेमा जोड दिए ।
नेकपाका नेता देव गुरुङ र आमन्त्रित स्थाई कमिटि सदस्य सोमनाथ अधिकारी (प्यासी) ले जिम्मेवारी र जवाफदेहीपूर्ण हिसावले जनताका काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।