कुश्मामा रक्तदान सम्पन्न, जनप्रतिनिधि र सञ्चारकर्मीले गरे रगत दान - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी , पर्वत जेसीज लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरु गरी तीस जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा र महोत्सवका मुल संयोजक कल्पना चापागाईले रक्तदान गरेर शुरुवात गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले सञ्चार माध्यमहरुले हरेक क्षेत्रमा योगदान पु¥याउन सक्छन् भन्ने उदाहरण यस्ता सामाजिक क्रियाकलापले देखाएको बताउनुभयो ।
महोत्सव मुल आयोजक समितिका संयोजक कल्पना चापगाईले रगतको अभावमा कुनै नागरिकले पनि अकालमा ज्यान फाल्न नपरोस भनेर प्रत्येक वर्षको महोत्सवमा रक्तदान कार्यक्रम संचालन गर्र्दै आएको बताउनुभयो ।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राथमिक सहयोग गरेको थियो ।
यसैबीच ११ औ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तीन दुई दिन पछि सरेको छ । बिहीवारदेखि आएको मौसमको खराबीका कारण माघ २७ गतेदेखि फागुन ७ गते सम्म महोत्सव हुने भएको हो । अन्य कार्यक्रमहरु भने यथावतै रहेको बताइएको छ । २५ गतेदेखि निर्धारित कार्यक्रम २७ गतेदेखि शुरु हुने रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!