
पर्वत–पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीले विपन्न परिवारहरुलाई विद्युतको मिटर निःशुल्क वितरण गर्ने भएको छ ।
आर्थिक अभवाले टुकी र वैकल्पिक उर्जाको प्रयोग गरेर बस्न बाध्य भएका स्थानीयवासीहरुलाई सात दिन भित्र वडा कार्यालयमा सम्पर्क गर्न वडा नं. ५ को वडा कार्यालयले आग्रह गरेको छ ।
वडालाई उज्यालो घर, उज्यालो वडा कार्यक्रम अन्तर्गत विद्युतको सुविधाबाट बञ्चित भएका सवै परिवारलाई सहयोग गरिने भएको हो । वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले विपन्न परिवारसँग एक साता भित्र निवेदन माग गरिएको र माग अनुसारको मिटर बक्स लगायत विद्युत जडानका लागि सहयोग गरिने जानकारी दिनुभयो ।
अब कुनैपनि नागरिक अध्यारोमा बस्नु नपर्ने गरी कार्यालयले व्यवस्थापन गरेको पनि उहाँले बताउनुभयो ।