तपाई हाम्रो सानो सहयोगले पनि बिचल्लीमा परेका यि बालकहरुले ठुलो राहत पाउनेछन्, सक्दो सहयोग गरौँ - News site from Nepal

पर्वत– ः जन्म दिने बाबुको अकालमै मृत्यु, आमा दोस्रो विवाह गरी गएपछि उनिहरुले जन्म दिएका बालबालिको अवस्था कस्तो होला । हामी सहजै अनुमान गर्न सक्छौ निकै दयनिय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोराहरु बिचल्लिमा परेका हुन् । धनबहादुरको २०७४ मंसिर १४ गते मृत्यु भएको हो भने उहाँका दुई श्रीमती सावित्रि दमै विगत चार वर्ष अघि र कान्छि श्रीमती देवि परियार दुई वर्ष अघिनै दोस्रो विवाह गरी छाडेर गए । देवि तर्फका छोरा विवेक दमै र सावित्रि तर्फ जन्मिएका विशाल र विश्वास अहिले सहाराबिहीन बनेका छन् । उनिहरु बृद्ध हजुरबुवा हुजरआमाको साथमा जीवनयापन गर्दै आएका छन् ।
जग्गा जमिनको नाममा सानो बाँसले बारेको जीर्ण झुप्रो बाहेक केहि नभएका उनिहरुको आम्दानीको श्रोत नहुँदा विहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौ धौ परेको हजुरआमा गौमती दमैले बताउनुभयो । ७० वर्षिय हजुबुवा केदार दमै गाउँमै मजदुरी पेशा गर्दे आउनुभएको छ । उहाँले काम पाउँदाको दिन र कमाई भएको दिन तीन वटा नातीले पेट भरिन्जेल खान पाउँछन् नत्र पेटभरी खान समेत पाउने अवस्था छैन हजुरआमा गौमती रुँदै भन्नुभयो्, ‘मेरो परिवारमा बज्रपातनै प¥यो ।’

१५ वर्षिय बिशाल कक्षा ९ मा, १४ वर्षिय विवेक कक्षा ७ मा १२ वर्षिय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनिहरुलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । अहिलेसम्म कुनै निकायवाट पनि सहयोग पाईएको छैन, जाडो महिना छ गतिलो कपडा समेत लगाउन नपाउँदा बालकहरु झनै समस्यामा परेका छन् । जाडो निकै बढेको छ, गतिलो कपडा लगाउने र ओढ्ने अच्छ्याउने समेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताउनुभयो ।
सहयोगको नाममा कुश्मा नगरपालिकाले रु १० हजार रुपैया सहयोग गरको थियो । सोहि पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठुलो आर्थिक समस्या परेको उहाँको गुनासो छ ।
पर्वतमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सरुवा भएर आएपछि भने बालकहरुलाई भगवाननै आए जस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारको राहतका लागि पहल गर्दै आउनुभएको छ । गत वैशाखमा सरुवा भएर आएका ढकालले गत जेठ महिनामै बालकहरुको हेरचाह, पालनपोषण र शिक्षादिक्षाका लागि पहल गरेपछि अहिले नियमित रुपमा मासिक ६ हजार रुपैया परिवारले पाउने गरेका छन् । स्थानीय वडाको सिफारीका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एस्.ओ.एस् सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक रु २÷२ हजारका दरले सहयोग गर्दै आएको छ ।
दमै परिवारलाई गत असार महिनादेखिनै मासिक ६ हजार रुपैयाका दरले हालसम्म रु ४२ हजार रुपैया बुझिसकेका छन् । उक्त रकम आउन थालेपछि भने नातीहरुलाई नियमित रुपमा दाल र भात खुवाउन पुगेको गौमतीले बताउनुभयो । गतिलो लुगा लगाउन, ओढ्ने, ओच्छ्याउने कपडा किन्न नपुगे पनि विहान बेलुकाको छाक टार्न र कलम कापी किन्नका लागि निर्वाह भएको गौमतीले बताउनुभयो । बाबालिकाहरुलाई पढाउनका लागि कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर राम्रो मान्छे बन्ने थिएकी भन्ने आहा गरेका छम मंगलवार जिल्ला प्रशासन कार्यालयमा आएकी गौमतीले भन्नुभयो–‘यहि सहयोग पनि सिडीयो सरले मिलाईदिनुभयो, हामीलाई भगवान आएझै भएको छ ।’
प्रमुख जिल्ला अधिकारी ढकालले बालबालिकाको भविष्य राम्रो बनाउनका लागि आफुले सहयोगी निकायहरु खोजी गरेको बताउनुभयो । उहाँले उनिहरुलाई पठनपाठन गराउने र परिवारका लागि नियमित सहयोग गर्ने सहयोगी निकायको खोजी आफुले निरन्तर रुपमा गरिरहेको उहाँले बताउनुभयो ।
बालकहरुले आफुलाई जन्म दिने आमाबाबु नहुँदा निकै असहज भएको गुनासो गरेका छन् । बृद्ध भएका हजुरवा हजुरआमा हुनुहुन्छ, बिबेकले भन्नुभयो–‘उहाँहरु पनि बिरामी पर्दाको दिन भोकै सुत्नुपर्ने अवस्था छ ।’ कुनै सहयोगी निकायले सहयोग गरेमा उच्च शिक्षसम्म पढेर शिक्षक र डाक्टर बन्ने आफुहरुको इच्छा रहेको बालहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!