चुनाबमा पराजय भए पनि कंग्रेसको बिचारले जितेको छ ः केन्द्रीय सदस्य जोशी - News site from Nepal

पर्वत– नेपाली कांग्रेस फलेवास नगरपालिकाको आयोजनामा फलेवास वडा नम्बर ७ मा बिजयदशमी तथा शुभदिपाली छडपर्व लगायतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमना प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले गएको चुनाबमा पराजय भए पनि कंग्रेसको बिचारले जितेको बताउँदै स्थानीय तह देखि संघ सम्मको नेकपाको सरकार रहेपनी जनतालाई सुख दिन नसकेको बताउनुभयो । नेकपाले चुनाबको बेला ढाँटेर जनताको मत लिएपनि जनतालाई भ्रम र त्रास मात्रै पैदा गरेको बताउनुभयो । अहिलेको सरकार एक पछि अर्को काण्डमा फस्दै जनतालाई पीडा माथी पीडा थप्दै गएको र अधिनायकवाद लाद्ने तर्फ उद्घात रहेको हुँदा अब जनताले सहि तरिकाले बुझ्नुपर्ने समय आएको सुझाउनुभयो । सरकारले देशमा शान्ति सुब्यबस्था दिन नसकेको कुरा दिनप्रतिदिन छर्लङ्ग हुँदै गएको बताउनुभयो ।
नेता जोशीले नेकपा सरकारले जनतालाइ दिएका पिडा प्रदाफास गर्दै नेपाली कांग्रेस एकबद्ध भएर जनताको घरघरमा पुगेर जनताका समस्यामा साझेदार गर्दै आगामी चुनावमा कांग्रेसलाई बिजय गराउने तर्फ लाग्नुपर्ने बताउनुभयो ।त्यस्तै नेपाली कांग्रेस पर्वतको बीपी स्मृति भवन निर्माण समितीका संयोजक समेत रहेका जोशीले अबको डेढ बर्षमा नेपालमै नमुना पार्टी कार्यलय भवन बनाएर देखाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै कांग्रेस महासमिति सदस्य  गंगाधर तिवारीले कांग्रेस एकले अर्काको भावना बुझ्दै एकले अर्कोलाई सहयोग गर्दै पिर ब्याथा दुस्खद सुखमा साझेदारी गर्दै आगामी निर्वाचनमा बिजय हांसिल गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । त्यस्तै नेकपाको सबै तहका सरकारले जनताका चहानालाई कुण्ठित पार्ने काम गरेको हुँदा जनताहरुमा नेकपाको सरकार प्रती बितृष्णा आएको बताउनुभयो । फलेवास नगरपालिकाले जनताको चहाना अनुसार काम नगरी आफू खुसी मन लागि गरेको बताउनुभयो । आफू फलेवास नगरपालिकामा पराजित भए पनि जनताकोको सुखदुखमा साथैमा रहेको र आगामी दिनमा पनि कांग्रेसलाई संगठित गराउँदै जनतासम्म पुग्ने बताउनुभयो । पर्वतमा बन्न लागेको बिपी स्मृति भवनका आर्थिक संयोजक समेत रहेका तिवारीले भवन निर्माणका क्रममा आर्थिक रुपमा कतै तलमाथि नहुने बताउँदै सबैले आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा कांग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणी सापकोटा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य शिव सुवेदी, कांग्रेस प्रदेश ख का सहसचीव सृजना शर्मा, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, नेबिसंघका नेता अच्युत तिवारी, शिक्षक संघ फलेवासका सभापति पुर्ण कुमार श्रेष्ठ, फलेवास ७ का वडा सदस्य देबेन्द्र पौडेल फलेवास नगरपालिका वडा नम्बर ८ का पार्टी सभापति हेम राज कुँवर, प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, फलेवास ४ का सभापति पुनाखर गौडेल, तरुण दल फलेवासका उपाध्यक्ष सरोज खनाल, फलेवास ७ का कांग्रेस उपसभापति निर्मल पाण्डे, स्थानीय सुवन्ध रेग्मी, धर्म प्रसाद कुंवर, स्थानीय गीता शर्मा, लालु प्रसाद रिजाल, रामहरि रेग्मी, मोहन रेग्मी लगायत गाउँगाउँ बाट कार्यक्रममा सहभागीहरुले सुझाव तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस फलेवास नगरपालिका ७ का कार्यबाहक अध्यक्ष मोति प्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत कांग्रेस जिल्ला कार्य समिती सदस्य कोपिला पौडेल र संचालन स्थानीय नेता गोबिन्द पंगेनीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!