पर्वतको पकुवाका कृषकलाई सुन्तलाका बिरुवा र अन्य सामाग्री वितरण - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा स्थित छापाका सुन्तला कृषकहरुलाई सन्तलाका बिरुवा लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।
प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत सुन्तला पकेटको रुपमा विकास हुँदै गएको छापाका व्यावासायिक सुन्तला उत्पादनक कृषकहरुलाई सामाग्र वितरण गरिएको हो । स्थानीय ६६ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा आकर्षित बनेका छन् । उनिहरुका लागि तीन हजार पाँच सय सुन्तलाका बिरुवा, सात हजार पाँच सय मिटर पाईप र क्यारेट, भ¥याङ लगायतका सामाग्रीहरु वितरण गरिएको मिलिजुली छापा सुन्तला पकेट संचालन समितिका अध्यक्ष हरिबहादुर रानाले जानकारी दिनुभयो ।
उक्त सामाग्रीहरु कुश्मा नगरपालिका वडा नं. ११ का अध्यक्ष तथा सामाजिक विकास संयोजक शिव पौडेलले एक समारोहका बीच कृषकहरुलाई हस्तान्तरण गर्नुभएको हो । उक्त गाउँलाई सुन्तला पकेट क्षेत्र बनाउनका लागि चालु आर्थिक वर्षमा जिल्ला कृषि ज्ञान केन्द्र मार्फत रु ५ लाख रुपैया बिनीयोजन भएको थियो ।
व्यासायिक रुपमा सुन्तला खेतीमा लागेका कृषकहरुलाई आवश्यक विरुवा देखि सवैखाले औजारहरु हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष पौडेलले बिरुवा रोप्नु र अनुदान लिनु मात्र ठुलो कुरा नभई यसलाई व्यावसायिक रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषकहरुले अधिकतम परिश्रम गर्नुपर्ने बताउँदै गुणस्तरीय फल उत्पादन गरेर पर्याप्त आम्दानी गर्न पनि आग्रह गर्नुभयो । उहाँले व्यावसायिक रुपमा सक्रिय कृषकहरुलाई कुश्मा नगरपालिकाको तर्फवाट पनि आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।
छापामा १ सय १४ घरधुरी रहेका छन् । ती मध्ये केहिले विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक रुपमा खेती गर्दै आएका थिए । पकेट क्षेत्रको रुपमा विकास हुन थालेपछि अन्य कृषकहरु पनि अन्नवाली छाडेर सुन्तला खेतीतर्फ आकर्षित बनेको अध्यक्ष रानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!