सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस - News site from Nepal
सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ ।

प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको  कदम गलत भएको आरोप लगाएको हो ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरुकालई सरकारले हटाएर सहमतिको राजनीतिलाई बिथोल्न खोजेको निष्कर्ष निकालेको हो ।

संस्थापक प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर हटाउनु अशोभनीय भएको कांग्रेसको ठहर छ । संघीयता कार्यान्वयनका काम बाँकी रहेको अवस्थामा सरकाले यस्तो काम गर्नु गलत भएको कांग्रेसले बताएको छ ।

कांग्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!