बालुवाटारमा शीर्ष नेताको छलफल, नेपाललाई फकाउँदै ओली–प्रचण्ड - News site from Nepal
बालुवाटारमा शीर्ष नेताको छलफल, नेपाललाई फकाउँदै ओली–प्रचण्ड

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार सुरू भएको अनौपचारिक छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सहभागी छन्।  छलफलमा ओली र प्रचण्डले तयार पारेको पार्टीका ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरुको नामावलीलाई अन्तिम रूप दिने तयारी छ। नेकपाको सचिवालय बैठक भने मंगलबार दिउँसो ३ बजे बालुवाटारमै बस्दैछ।
विभिन्न विभागहरु गठन र केन्द्रीय सदस्यको कार्य विभाजनको टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो यसका लागि वरिष्ठ नेता माधव नेपालले सहमतिमा नै टुंगो लगाउनु पर्छ भन्दै असन्तुष्ट छन्। यसैका लागि नेपाललाई मनाउने अन्तिम प्रयासमा अध्यक्षद्वय रहेको नेकपा स्रोतको भनाइ छ।  यसअघि १८ गतेका लागि बोलाइएको सचिवालय बैठक दुई पटक सरेर आजका लागि तय भएको हो। पार्टी एकीकरण भएको लामो समयसम्म पनि केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड हुन सकेको छैन्।  पोलिटब्युरो गठनका लागि यसअघि केही गृहकार्य भए पनि अन्तिम टुंगो लगाउने जिम्मेवारी सचिवालयको रहेको छ।
पार्टीका विभागहरु शक्तिशाली हुने भएकाले विभागको नेतृत्वका लागि धेरैको रुची रहेको देखिएको छ। बैठकमा पार्टीका विभिन्न विभागहरु गठन र पोलिटब्युरो गठनबारे छलफल हुने सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!