पर्वतको मोदीवेणीमा रहेको बृद्धाश्रममा बस्नेको स्वास्थ्य परीक्षण - News site from Nepal

पर्वत : आज परेको मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनमा पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणी दिव्यधाममा रहेको बृद्धाश्राममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आईरहेका यूवाहरुको समूहले उनीहरुको स्वास्थ्य परीक्षण गरेको यूवा समूहका संयोजक याम परियार (शिव) ले जानकारी दिनुभयो । बृद्धाश्रममा बस्दै आएका १५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको र उहाँहरुलाई फलपूmल पनि वितरण गरिएको उहाँको भनाई छ । स्वास्थ्य परीक्षणका क्रममा जेष्ठ नागरिकहरुमा ग्याष्ट्राईटीस, ढाड तथा कम्मर दुख्ने, हाडजोनी, नशा, आँखा र पेट सम्बन्धि समस्याहरु देखा परेका छन ।
डा. सुनिल पौडेलले स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका निशा थापामगर, शरोज खनाल, सिता सापकोटा, खढ्कबहादुर कुँवर, डिना छन्त्याल र चन्द्र सुमनले निशुल्क रुपमा औषधिको व्यवस्थापन गर्नुभएको थियो । यूवाहरुले जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिएकोमा खुसी ब्यक्त गर्दै नृसिंह मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपालदास बैरागीले आउँदा दिनमा पनि यस्तै खालका कार्यक्रमहरुको आयोजना गरी धार्मिक कार्यक्रममा सहभागी हुन यूवाहरुको समूहलाई अनुरोध गर्नुभयो ।
स्वास्थ्य परीक्षणपछि आप्mनो प्रतिक्रिया दिँदै बृद्धाश्रममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरुले आँपूmहरुलाई घरमा रहने अवस्था नरहेर बृद्धाश्रममा बसेको बेलामा यूवाहरुको समूहले निशुल्क औषधि दिँदा खुसी लागेको बताउनुभएको छ । बिभिन्न सहयोगदाता तथा धार्मिक व्यक्तिहरुले बृद्धाश्रममा खाद्य पदार्थ, लत्ता कपडा लगायतका सहयोग गर्दै आएको भएपनि जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण भने कमै मात्र हुने गरेको छ । यही कारण नै जेष्ठ नागरिकहरुलाई ध्यानमा राखेर उहाँहरुको स्वास्थ्य परीक्षण गरेर मातातिर्थ औँसी मनाईएको संयोजक परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!