१३ वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने चित्रेका नेपाली डेढ बर्ष जेल चलान - News site from Nepal

पर्वत–१३ बर्षिया बालिकालाई यौन दुव्र्यबहार गरेको कसुरमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपाली जेल चलान भएका छन् ।
पर्वत जिल्ला अदालतको आईतवारको फैसलाले १ बर्ष ६ महिना कैद र १५ हजार क्षतिपुर्ति सहित १५ हजार जरिवानाको सजाय सुनाएको छ । अभियुक्त नेपालीले १३ बर्षिया बालिकालाई मंसिर २६ गते लाई फकाई गरी करणी प्रयास गरेको आरोपमा पौष २ गते पर्वत जिल्ला अदालतमा यौन जन्य अपराध शिर्षकमा मुद्धा दर्ता भएको थियो ।
आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा आएपछि नेपाली विरुद्ध मुद्धा दर्ता भएको थियो । पिडित बालिकाको पौष १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परिक्षण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!