पर्वतको खानिगांउमा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न - News site from Nepal

लक्ष्मण बिश्वकर्मा,फलेवास
पर्वतको फलेवास नगरपालिका वार्ड नं. ५ खानीगाउँमा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रममा आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले सुन्दर सान्त, हरियाली वातावरणको परिकल्पना सहित क्लिन फलेवास, ग्रिन ग्रिन फलेवास अभियान संचालन गरिएको बताउनुभएको छ ।
फोहोरका कारण मानव स्वास्थ्यमा नराम्रो असर पर्ने र वातावरणलाई पनि प्रभाव पर्ने भएकाले यो अभियानको थालनी गरिएको शर्माले बताउनुभयो ।
नगरमा रहेका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थालहरुको संरक्षण र प्रबर्द्धन गर्न यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउदै अभियानलाई प्रभावकारी कार्यनयन गर्नको लागि स्थानियले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
सरसफाइका कार्यमा स्थानीय जनता उत्साहित बन्दै सक्रियताका साथ लागि परेको हुदा यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
विकासित मुलुकमा पनि सरसफाइलाई बिशेष प्राथमिकता दिएको बताउदै स्वच्छ वातावरण भएमा मानसिक रुपमा पनि सकारात्मक कुराहरु पैदा हुने शर्माले बताउनुभयो ।
शर्माले भन्नुभयो “ज्ञानि, अनुशासित र ब्यबहारिक बन्नको लागि पनि यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ, गलत मानसिकता त्यागेर मनलाई सफा बनाउदै समाज रुपान्तरणमा जुट्नु आवश्यक छ “।
फरक प्रसंगमा बोल्दै फलेवासको उन्नतिका लागि पाइपलाई मार्फत योजनाबद्ध तरिकाले बिधि र प्रक्रिया अनुसार नगरमा धमाधम विकास निर्माणका कार्यहरू भैरहेको बताउनुभयो
नगरमा छोटो समयमा उल्लेखनीय कार्य सम्पादन भएको बताउदै फलेवास नयाँ मोडेलबाट चलेको समेत दाबि गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिराम सापकोटाले हरेक कार्य गर्दा हरित विकाससंग जोडिएर विकास निर्माणका कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
हरेक मानिस शारीरिक मानसिक र सामाजिक रुपमा मजबुत हुनको लागि सधैंव स्वास्थ्य र सरसफाइ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । क्लिन फलेवास ग्रिन फलेवास निर्माणका लागि आर्थिक,वातावरणीय र सामाजिक पक्षमा जोड दिनुपर्ने, घरायसी फोहोरको सहि तरिकाले व्यवस्थापन गर्नुपर्ने, वातावरण सन्तुलन हुने गरि काम गर्नुपर्ने सापकोटाले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा नगरको वार्ड नं ४,५ र ६ का विभिन्न टोल सुधार समितिका अध्यक्ष,सचिव सहजकर्ता लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका योजना अधिकृत प्रकाश लम्साल नगरपालिकाका नायब सुब्बा रमेश पौडेल लगाएतले सरसफाइको बिषयमा सहजीकरण गर्नुभएको थियोे । नगरपालिकाले थालनी गरेको क्लिन फलेवास ग्रिन फलेवास अभियानलाई प्रभावकारी बनाउन नगरका सबै वार्डमा वार्ड अध्यक्षको संयोजकत्वमा क्लिन वार्ड ग्रिन वार्ड समिति गठन, नगरका सबै वार्डमा १०० भन्दा बढी क्लिन टोल, ग्रिन टोल समिती गठन, बिधालयहरुमा क्लिन बिधालय ग्रिन बिधालय समिति गठन गरि सरसफाइलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । यहि जेष्ठ २२ गते बिश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उक्त अभियानको उद्घाटन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!