आजदेखि फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य - News site from Nepal
आजदेखि फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । गएराती देखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरी मूल्य समायोजन गरेको जानकारी दिएको छ ।
मूल्य बढेपछि आगामी आज बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ । आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।
१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!