पर्वतको कुश्मामा गोरखाका गुरुङ मृत अवस्थामा फेला - News site from Nepal
पर्वतको कुश्मामा गोरखाका गुरुङ मृत अवस्थामा फेला

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं ५ मेलमिलाप चोकमा एक बृद्ध मृत फेला परेका छन ।
गोरखा जिल्लाको धर्जे गाउँपालिका वडा नं ७ लापु घर भएका ६५ बर्षिय सुकपाल गुरुङ बुधबार मृत अबस्थामा फेला परेका हुन ।
लामो समय देखि कुस्मा बजारमा ज्यामी काम गर्दै आएका बृद्ध गुरुङ्ग आफ्नै डेरामा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । डेरामा नै मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!