सातौँ सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबार देखी पोखरामा सुरु भएको छ ।
पर्यटन प्रवद्र्धनको लागि संगसगै भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गदै उद्योग, पर्यटन ,बन तथा बातावरमन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउनेमा कुनै सन्देह नभएको बताए । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्षका रुपमा मनाईरहेको छ उनले भने समृद्धि हाँसिल गर्न सहर केन्द्रित नभई हरेक स्थानिय निकायमा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि प्रवद्र्धन गरिने बताए ।
पर्यटनबाटै आर्थिक समृद्धि सम्भव भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री लम्सालले पर्यटनको पहिलो आधार पुर्वधार भएकाले सन् २०२१ लाई पुर्वधार निमार्ण वर्षका रुपमा मनाउन लागेको बताए ।
अर्को प्रसंगमा मन्त्री लम्सालले रविन्द्र प्रसाद अधिकारी सवार जहाज दुर्घटनाले अन्र्तराष्ट्रिय स्तरमा नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले यसलाई चिर्न आवश्यक रहेको बताए ।
स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको सपना पुरा गर्न सके मात्रै सच्चा श्रृद्धाञ्जली हुने भन्दै सरकारले १८ घण्टा काम गरिरहेको जिकीर गरे । यथास्थितिमा रहेर परिर्वतन सम्भव नरहेकाले सबैले आ आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने आवस्यकता रहेको बताए ।
उद्घाटन समारोहको अवसरमा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ट्रेड फेयरको रुपमा फेस्टिवललाई विकसित गदै लैजानु पर्ने बताए । अधिकारीले व्यवसायीहरुलाई मेला महोत्सवबाट फाइदा खोज्नु भन्दा पनि आ आफ्नो व्यवसायको प्रवद्र्धन गर्न आग्रह गरे ।
अहिलेको युग सुचना र प्रविधिको हो क्यान
कास्कीका अध्यक्ष युवराज पौडेलले भने स्र्माट सिटी बनाउन कम्प्यूटर तथा
सूचना प्रविधी सम्वन्धी भएका अत्याधुनिक एवम नवीनतम प्रविधीको जानकारी हुन
आवस्यक छ जुन क्यान इनफोटेकले दिने बताए ।
कार्यक्रममा सिटी रेवानका
संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ,नेपाली कंग्रेस कास्कीका कोषाध्यक्ष
लक्ष्मी पाण्डे, नयाँ शक्तीका संयोजक देवीप्रसाद सुवेदी, उपभोक्ता मञ्चका
अध्यक्ष कपिलनाथ कोइराला , सामुदायिक सेवा केन्द्रका जयराम अधिकारी लगायतले
बोलेका थिए ।
पोखराको प्रदर्शनी केन्द्रमा फागनु २७ गते सम्म संचालन हुने महोत्सवको पहिलो दिन आइतबार स्थानिय तथा राष्ट्रियकलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो ।