गुल्मीमा जीप दुर्घटना : दुईको मृत्यु, दुई घाइते - News site from Nepal
गुल्मीमा जीप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका- ८ स्थित वामी मैदानबाट वामीटक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ।सोही दुर्घटनामा दुईजना घाइते भएका छन्। आइतबार दिउँसो ग १ च ८३५७ नम्बरको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

दुर्घटनामा परेर गाडीधनी मुसिकोट नगरपालिका ८ का ३० वर्षीय ठाकुर सापकोटा र सोही ठाउँकी ५५ वर्षीय पुतली ठकुरीको ज्यान गएको प्रहरीले बताएको छ। दुर्घटनामा सोही ठाउँका ५५ वर्षीय हरीकला कार्की र बढीगाड गाउँपालिका बाग्लुङका १४ वर्षीय कमल कार्की घाइते भएका छन्। ओरालोबाटोबाट जादैगर्दा जीप दुर्घटनामा परी करिब १ सय ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!