
पर्वत– हड्डीको क्यान्सबाट पिडित यहाँकी एक बालिकाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी चौध वर्षिया बालिका सुस्मिता शर्माको बोन क्यासर रोग लागेपछि विगत तीन महिनादेखि उपचाररत रहेकी छिन् । अहिले उनको भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ ।
विपन्न परिवारकी उनि उपचारका लागि ठुलो धनराशी लाग्ने भएपछि परिवार समस्यामा परेको छ । उनका बाबु राजेन्द्र भुवाँजीले छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । उनलाई उपचार गर्न चाहानेले देब बिकास बैंकमा रहेको राजेन्द्र भुवाजीको खातामा रकम जम्मा गर्न सक्ने बताईएको छ ।