
पर्वत ः पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनैपनि काममा सहभागि नगराएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवारदेखि तालाबनदी गरेको हो ।
यस अगाडि चरणबद्ध रुपमा ध्यानाकर्षण पत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भेटेर काँग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिने लगायतका गतिबिधि गरिरहेको काँग्रेसले सोमवारदेखि पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । काँग्रेसले चरणबद्ध रुपमा आन्दोलन गरीरहेपछि गाउँपालिका र काँग्रेसकाबीच सोमवार दिउँसो वार्ता भएपनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत नेपाली काँग्रेसका उज्ज्वल गुरुङले जानकारी दिनुभयो ।
वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको गुरुङले बताउनुभयो । छलफलका क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आप्mनो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्ष बिहीन भएको थियो । काँग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काँग्रेसका मागलाई हाँसोमा उडाउनु सरह हो भन्दै तालाबन्दी गरेको जनाएको छ । काँग्रेसले आप्mना न्यूनतम मागहरु पूरा हुनुपर्ने, अधिकार सहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकोले घटाईनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलाप काँग्रेसलाई पनि सहभागी गराईनुपर्ने मागहरु पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलीने नभएमा तालाबन्दी अनिश्चित कालसम्म रहने बताएको छ ।
महाशीला गाउँपालिकाका प्रवक्ता जीवनबिक्रम उचैले काँग्रेसलाई बिभिन्न ७ ओटा विषयमा छलफलका लागि बोलाईएको तर त्यो वार्ताका रुपमा भने नरहेको बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मंगलवार पुनः छलफल गर्ने तयारी भएपनि काँग्रेसले आप्mना मागहरु पूरा गर्नुपर्ने माग गर्दै तालावन्दी गरेको जानकारी दिनुभयो । उहाँले यो समस्याको समाधान छिटै समाधान हुने बताउनुभयो ।