गुप्तेश्वर विराट महायज्ञको कुटुवाचौपारी उप-समितिको नेतृत्वमा संगीता लामिछाने - News site from Nepal

पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कटुवाचौपारीमा पनि वडा समिति गठन गरिएको छ ।
शनिवार सार्वजनिक माविमा आयोजित भेलाले संगीता लामिछानेको अध्यक्षतमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिमा सवै महिलाहरु रहेका छन् । समितिको सचिबमा कमला पौडेल, सहसचिबमा जमुना सुवेदी, सद स्यहरुमा कामनादेवी पौडेल, शान्ति पिसी, गंगा सुवेदी, नन्दिता तिवारी, मिना रिमाल लगायत रहनुभएको छ ।
भेलामा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको विशेष उपस्थिति रहेको थियो । उहाँले महायज्ञलाई सभ्य र भव्य बनाउन सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभभयो ।
कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भेलामा कटुवाचौपारीवासीहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका सचिब कामना रेग्मीले गर्नुभएको थियो । यो सँगै कुश्मा नगरपालिकाका ९ वटा वडामा समिति गठन भैसकेका छन् । अन्य तयारीहरु भैरहेको आयोजकले जनाएको छ । नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!