प्रगतिशिल लेखक संघ पर्वतमा मनस्वी, परिवर्तनको पक्षमा कलम चलाउन पौडेलको आग्रह - News site from Nepal

पर्वत– प्रगतिशिल लेखक संघ जिल्ला शाखा पर्वतको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले किशोर पौडेल मनश्वीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा बिमल शर्मा, सचिबमा यमप्रसाद शर्मा, सहसचिबमा आनन्द रिमाल, कोषाध्यक्षमा बिष्णु सुवेदी र सदस्यहरुमा परशुराम सुवेदी, बैकुण्ठ गिरि, महेन्द्र केसि, जगदीश शर्मा पौडेल, दिलिपराज पौडेल, दिनेश शर्मा पौडेल, बिक्रम ढुङ्गाना र सङ्गिता सुवेदी रहनुभएको छ ।
सम्मेलनले प्रदेश सम्मेलन र केन्द्रिय सम्मेलनको लागि प्रतिनिधि समेत छनोट गरेको छ । कार्यक्रम समापन लगत्तै बसेको निर्वाचित कार्यसमितीको पहिलो बैठकले बैकुण्ठ भुसाल, सङ्गीत श्रोता, गणेश कुमार जिसि, शैलज पौडेल, राजेन्द्र पहाडी, इन्द्रमान खत्री, भुमिराज शर्मा र अर्जुन पौडेल रहनुभएको सल्लाहकार कमिटी समेत गठन गरेको नवगठित समितिका अध्यक्ष किशोर मनश्वीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश सदस्य तथा जिल्ला समन्वय समितीका संयोजक मनोहर बि. पौडेलले देश निर्माणमा साहित्यकारहरुको कलमको पनि उत्तिकै महत्व रहने बताउनुभयो । लेखकहरु भनेको समाजका ऐना भएका कारण लेखकहरुले समाजमा भैरहेका हरेक गतिबिधिलाई जस्ताको तस्तै आफ्ना रचनामा उतार्नुपर्ने र देश बनाउनेहरुले तिनै कुराहरुलाई आधार मानेर अगाडि बढ्नुपर्ने बताउनुभयो । पौडेलले मुलुक यतिवेला समृद्धि र विकासको चरणमा अघि बढेको बताउँदै अबको पाँच वर्षमा मुलुकमा आमुल परिवर्तन आउने बताउनुभयो । उहाँले परिवर्तनका पक्षमा कलम चलाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले अबको साहित्य र लेखनकलामा प्रगतिशिलता झल्कनुपर्ने बताउनुभयो । उहाँले कवि, साहित्यकार, पत्रकार भनेका समाजका ऐनजस्तै भएको बताउँदै उहाँले मुलुकको भविष्य निर्माणमा सरकार र राजनीतिक पार्टीलाई सहयोग पुग्ने खालका सामाग्री प्रकाशन प्रशारणमा जोड दिनुभयो ।
प्रगतिशिल लेखक संघका पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निवर्तमान सचिब किशोर मनश्वीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत दिनेश शर्मा पौडेलको स्वागतमा भएको कार्यक्रममा साहित्यकारहरु राजेन्द्र पहाडी, इन्द्रमान खत्री, बैकुण्ड भुसाल, भूमिराज शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवि अधिकारी, पत्रकार महासंघका गण्डकी प्रदेश महासचिब गणेश पौडेल, पत्रकार तथा साहित्यकार ओमप्रसाद घायल लगायतले बोल्नुभएको थियो । सो अवसरमा साहित्यकार ओमप्रसाद घायलले कविता बाचन गरेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!