पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ भुकदेउरालीमा प्रथम नमुना गाउँ बार्षिकोत्सव शुरु भएको छ । जिल्लाकै पहिलो नमुना गाउँ भुकदेउरालीमा नमुना गाउँको बार्षिकोत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगीता शुरु भएको हो ।
सामूहिक एकता र ग्रामीण विकासको अवधारणालाई सार्थक बनाउँदै एक बर्ष अघि देखि शुरु भएको नमुना गाउँ निर्माण अभियानको एक बर्ष पुगेको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको एक कार्यक्रममा वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गरेका छन ।
५ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पूर्वसन्ध्यामा खेलकुद प्रयोजनका लागि निर्माण गरिएको खेलमैदानको समेत उद्घद्धाटन गरिएको छ । खेलमैदानको सांसद गिरीले उदघाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै सांसद गिरीले एक बर्ष अघि आफूले गरेका सवै वाचाहरु पुरा गर्न आफू लागी परेको बताए । उनले जिल्लाको विकासका लागि आफूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरु सवै पर्वतबासीका सामू अझै पनि ताजा नै रहेको भन्दै ति सवै प्रतिबद्धताहरु पुरा गर्नु नै आफ्नो पहिलो कर्तब्य रहेको बताए । सडक कालोपत्रे, खानेपानीको उपलब्धता र शिक्षा, स्वास्थ्यमा सुधारका प्रयासहरु जिल्लामा शुरुवात भईसकेको सांसद गिरीको भनाई छ ।
उनले मुख्य सडक कालोपत्रेका कामहरु शुरु भईसकेको बताउँदै आगामी ४ बर्ष भित्र जिल्लाले मुहार फर्ने उद्घोष पनि गरे । केन्द्रिय सरकारले रेल र पानीे जहाजको महत्वगामी योजना अघि सारेको तर्फ इंकित गर्दै ति सपनाहरु पनि क्रमशः पुरा गर्ने अभियानमा संघिय सरकारले काम गरीरहेको समेत बताए । सदनमा काम गर्दा पर्वतबासी मतदाताहरुको अनुहार सधै सम्झिरहेको दोहेराउँदै समग्र जिल्लाको विकासका लागि महत्वपूर्ण योजनहरु केहि समयमै पुरा हुने समेत उनले बताए ।
कार्यक्रममा क्या. रामबहादुर गुरुङले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । टेकबहादुर गुरुङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सुरज गुरुङ र स्वागत अन्तिम गुरुङले गरेका थिए ।