लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको डाडाकटेरी गाउँको म्युजिक भिडियो सार्वजनिक - News site from Nepal
पर्वतको डाडाकटेरी गाउँको म्युजिक भिडियो सार्वजनिक

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो । म्युजिक भिडियोमा डाडाकटेरी गाउँका प्राकृतिक सम्पदा, पर्यटकीय स्थल, कला र संस्कृतिलाई समेटिएको छ ।

पाँच मिनेट समयको गितको म्युजिक भिडियो गत भदौमा छायांकन गरिएको थियो । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने डाडाकटेरी गाउँको प्रचारप्रसार र पर्यटक भित्र्याउन गितको माध्यमबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नारन पुनको शब्द, रजनी रिदम राइको स्वर, जी पुनको संगित तथा संयोजन, दिका गुरुङको निर्देशन र सान गुरुङको कोरीयोग्राफ रहेको गितको म्युजिक भिडियोमा कल्पना लुङगेली मगर, अंशु गर्बुजा लगायत स्थानीय कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari