पर्वतको बिहादी र पैंयुमा नेकपाको सपथ ग्रहण - News site from Nepal
पर्वतको बिहादी र पैंयुमा नेकपाको सपथ ग्रहण

पर्वत- विहादी गाउँपालिकामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाको विहादी गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो ।
नवगठित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले शपथग्रहण गराउनुभएको थियो । शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले अब पार्टीलाई वडा देखि केन्द्रसम्म मजबुत बनाएर लैजानुपर्ने बताउनुभयो । गएको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्नका लागि पार्टीका सवै संगठनहरुलाई मजबुत बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले सरकारले ल्याएको आगामी बर्षको बजेटले घोषणापत्रमा समेटिएका अधिकांस प्रतिवद्धता पुरा भएको बताउँदै बजेटको सफल कार्यान्वयनका लागि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले विकास निर्माणलाई समयमै र गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँमा निगरानी बढाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सचिब तथा प्रदेश किमिट सदस्य सुदिप कुँवरलेसरकारका कामहरुको लाभान्वित जनता सम्म प्रतिफल पु¥याउन तथा प्रतिपक्षीका नकारात्मक हमलाको डटेर सामना गर्न आग्रह गर्नुभयो । उहाँले गाउँ गाउँमा पार्टीका गतिविधि प्रभावकारी ढंगले संचालन गर्न आग्रह गर्नुभयो ।
नेकपा विहादी गाउँ संगठन कमिटीका अध्यक्ष सविन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, माती पौडेल, राम गिरी, मनरुपा सुवेदी, जिल्ला सदस्य भुक्त कुँवर, पदमपाणी शर्मा र गोविन्द पहाडी लगायतले सम्वोधन गरेका थिए । पार्टी एकतापछि विहादी गाउँपालिकामा ७७ सदस्यीय कमिटी गठन भएको छ ।
त्यस्तै आजै पैंयु गाउँपालिकामा पनि सपथ ग्रहण तथा प्रथम वैठक सम्पन्न भएको छ । चोकलाल न्यौपानेको अध्यक्षतामा सम्पनन पैंयुको कार्यक्रम संचालन रेशम सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!