अजोड इन्स्योरेन्सको शाखा कार्यालय पर्वतको कुश्मामा - News site from Nepal
अजोड इन्स्योरेन्सको शाखा कार्यालय पर्वतको कुश्मामा

पर्वत– अजोड इन्स्योरेन्स कम्पनीले पर्वतमा आफ्नो शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ । विगत ६ महिना अघिदेखि कारोबारसुरु गरेको भएपनि शनिवारदेखि औपचारिक रुपमा शुरु भएको हो ।
बिमा समितिका अध्यक्ष चिरन्जिबि चापागाई र कम्पनीका सञ्चालक आजाद श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै बिमा समितिका अध्यक्ष चिरिञ्जिबी चापागाईले पर्वत इमान्दार व्यवसायीहरुको ठाँउ भएकोले कम्पनिले पनि इमान्दारिताका साथ कार्य गर्नुपर्नेमा जोड दिए । त्यस्तै बिगतमा भन्दा नेपालीहरुको जीवन तथा निर्जिवन बिमा क्षेत्रमा धेरै पँहुच बिस्तार भएको पनि बताए । बिमा समितिले दिएका सुझावहरु सरकारले मनन् गर्दै बजेटमा सम्बोधन गरेको बताउँदै वेयदरबेस इन्स्योरेस गराउने पनि बताए । वेयदरबेस इन्डेक्स इन्स्योरेन्स जुम्लामा जारी भैसकेको पनि बताउँदै घुम्ती बिमा परियोजना समेत संचालन गरिने बताए ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनि २०७५ आषाढ २१ गते बाट औपचारिक सुरु भएपनि छोटै अवधिमा देशैभरि शाखाहरु खोलेर सेवा विस्तार गर्न सफल भएको बताए । उनले यो इन्स्योरेन्समा १ सय ४ जना संस्थापक शेयर धनी रहेको तथा सम्पुर्ण सेयरधनीहरु यस क्षेत्रमा लामो समयदेखि काम गर्दे आउनुभएका तथा अनुभवि रहेकोले कम्पनीले राम्रो तथा स्तरिय सेवा दिने कुरामा जोड दिनुभयो । त्यस्तै कंपनिको चुक्ता पूँजी एक अर्व रहेको र जसमा सत्तरी करोड संस्थापक सेयरधनीबाट आएको उनले बताए ।
कार्यक्रममा कुस्मा नगरपालिका वडा न . ७ का वडा अध्यक्ष सुबास पौडेल, उद्योग बाणिज्य सघका सदस्य खड्गप्रसाद खनाल लगायतले बोल्दै यस कम्पनीसँग आवश्यक सहकार्य गर्ने बताएका छन् ।
कार्यक्रममा पर्वतका बिभिन्न उद्योगी, ब्यापारी तथा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममास्वागत मन्तब्य अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखा कार्यालयका प्रमुख हरि सुबेदिले राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!