पर्वतको बनौले गर्यो यस्तो निर्णय, अब सरकारी कर्मचारीका छोराछोरी बोर्डिङमा पढाए कारवाहि - News site from Nepal


पर्वत – पर्वतको जलजला गाउँपालिका वाड नं.९ बनौले जिल्लामै पहिलोपटक नौलो निर्णय गरेको छ ।
आइतवार सम्पन्न बनौको वडा समिति र बनौ माध्यमिक विद्यालय व्यवस्थापन समितिको वैठकले अबदेखि सरकारी सेवामा आवद्ध ब्यक्तिका छोराछोरी निजि विद्यालयमा पढाउन नपाईने निर्णय गरेको छ । सरकारको सेवा सुविधा लिने व्यक्ति तथा परिवार राज्यप्रति उत्तरदायि हुनुपर्ने भन्दै अबदेखि सरकारी विद्यालयमै अनिवार्य रुपमा पढाउनुपर्ने निर्णय भएको वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।
त्यस्तै बिधालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुका छोराछोरिहरु पनि अनिवार्य रुपमा सरकारी बिद्यालयमा पढाउनु पर्ने निर्णय भएको उहाँले बताउनुभयो । उक्त निर्णय अटेर गर्नेहरुलाई पुनः अर्को वैठक बसेर कारवाहिको प्रकृतिवारे निर्णय गरिने पनि बताईएको छ ।
बैठकले चालु आर्थिक वर्षदेखि बनौ माध्यमिक विद्यालयमा निजि स्रोतबाट १ जना शिक्षक नियुक्ति गरि मन्टेश्वरी प्रविधिबाट पठन पाठन गराउने निर्णय पनि गरेको छ । उक्त निर्णय नयाँ शैक्षिक सत्रदेखि लागु गरिने पनि अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!