साढे तीन बजे पछि स्वर्गिय अधिकारीको शबयात्रा शुरु हुँदै - News site from Nepal
साढे तीन बजे पछि स्वर्गिय अधिकारीको शबयात्रा शुरु हुँदै

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

अहिले साढे तीन बजेदेखि शबयात्रा शुरु हुनेछ । प्रदर्शनी मार्ग, महेन्द्रपुल, नयाँबजार, रानीपौवा हुँदै रामघाट लगिने कार्यक्रवम छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । यस्तै, नेकपा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्टको झण्डा ओडाए ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेकपा नेता योगेश भट्टराईलगायत नेता पनि पोखरा पुगेका छन् ।

अधिकारीको राजकीय सम्मानका साथ शुक्रबारै अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!