पर्वत- नेकपा कुश्मा नगर कमिटिको आयोजनामा कुश्मा नगर स्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी एकता पछि नेकपाका केन्द्र तथा जिल्ला तहका गतिविधि र पार्टीका आगामी कार्यदिशा, निति र बिचारका बारेमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले निकट भविष्यमै नेकपाको तल्लो तहसम्म पार्टी एकता हुने बताउनुभएको छ । नेपाली जनताले यो पाँच वर्ष मुलुकको सम्पुर्ण विकास निर्माणको जिम्मेवारी नेकपालाई प्रदान गरेको बताउँदै पाँच वर्षमा मुलुकको अग्रगामी विकास गरेर देखाउनुपर्ने बताउनुभयो ।
नेता हमालले पार्टीका हरेक गतिविधि विश्वसनिय र जनमैत्रि हुनुपर्नेमा जोड दिँदै सरकारले गरेका राम्रा कामहरुको प्रचार प्रसार तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । नेता हमालले पार्टीको सवै तहमा एकीकरण भएपछि अझै शसक्त भएर अघि बढ्ने पनि बताउनुभएको छ । कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले अहिले मुलुकमा राजनीतिक लडाई भन्दा पनि विकास र समृद्धिको भएकोले सवै कार्यकताहरु विकास निर्माण र समृद्धिको लागि एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।
अहिले शुरु भएका विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि पनि गाउँ गाउँमा सक्रिय भएर भूमिका खेल्न आग्रह गर्दै नेता सुवेदीले यो पाँच वर्षमा हामीले निर्वाचन अघि गरेका बाचा पुरा गर्न सकेर जनताको मत जित्न सक्यौ भने अबको २० वर्षसम्म नेकपाकै शासन कायमै रहने बताउनुभएको छ । कार्यक्रममा नेकपाका जिल्ला संयन्त्र सदस्य भक्त कुँवर, गोविन्द पहाडी, केशव कुँवर, ज्येष्ठ कम्युनिष्ट मञ्चका पूर्व केन्द्रिय सदस्य तोयानाथ चालिसे, नेता ढाकाराम गौतम, कुश्मा नगरपालिका वडा नं. ११ का अध्यक्ष शिवप्रसाद पौडेल, वडा नं. १२ का अध्यक्ष राजेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो । नेकपा कुश्मा नगरकमिटि संयोजक शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मिनराज केसीले गर्नुभएको थियो ।
सो अवसरमा कुश्मा नगरपालिकाका विभिन्न वडाका प्रतिनिधिहरुले आ–आफ्नो वडामा पार्टीका गतिविधि र कार्यक्रम तथा पार्टीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।