एकताको खाका बनाउन गठित कार्यदल नै शीर्ष नेताको चंगुलमा - News site from Nepal
एकताको खाका बनाउन गठित कार्यदल नै शीर्ष नेताको चंगुलमा

काठमाडौं – शीर्ष नेताको स्वार्थका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहका कमिटिको एकता प्रक्रिया अन्यौलमा परेको छ ।
यही माघ मसान्तसम्ममा एकताका बाँकी सबै काम सकेर आगामी फागुन र चैतमा संगठन विस्तारमा लाग्ने जनाएको नेकपा शीर्ष नेताको स्वार्थमा जेलिएको हो । अध्यक्षद्वयले आफु अनुकुल निर्णय गराउन खोजेपछि एकता प्रक्रियाका बाँकी काम टुङ्ग्याउन गठित कार्यदल आफै निस्कृय जस्तै बनेको छ । कार्यदललाई असक्षम बनाएर सचिवालय आफै तल्लो तहको एकता टुङ्ग्याउने तयारीमा लागेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
नेकपाको स्थायी समिति बैठकले जिल्ला तथा सो भन्दा तल्ला कमिटि र भ्रातृ तथा सुभेच्छुक संगठनको एकता टुङ्ग्याउन ९ सदस्यीय कार्यदल बनाएको थियो । गत माघ ६ गते यता कार्यदलको बैठक समेत बस्न सकेको छैन । कार्यदलले पुष मसान्तसम्ममा प्रतिवेदन तयार बनाइ सचिवालयमा पेस गर्ने र सचिवालयले स्थायी समितिमा पेस गरी अनुमोदन भएपछि सोही प्रतिवेदनका आधारमा तल्लो तहसम्मको एकता टुङ्ग्याउने नेकपाको तयारी थियो । गत जेठ ३ गते पार्टी एकता भएपछि सचिवालय, स्थायी समिति र केन्द्रीय समिति मात्र बनेबको छ । त्यो भन्दा तल्लो तहका संगठन र पोलिटव्युरो पनि गठन हुन बाँकी छ । शीर्ष तहमा पार्टी एक भएपनि तल्लो तहमा भने तत्कालीन दुबै पार्टीका छुट्टाछुट्टै संगठन छन् । एकता प्रक्रियाको बाँकी काम टुङ्ग्याउन उदासीनता देखाएको भन्दै कार्यकर्ताले नतृत्वको आलोचना गर्दै आएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!