राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना देखि गाउँपालिकाका प्रशासकिय अधिकृतसम्म सदरमुकाम कुश्मामा, आज पर्वतको समग्र समिक्षा हुँदै - News site from Nepal

पर्वत–जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न हुने भएको छ । जिल्ला समन्वय समिति र जिल्लाका सातवटै स्थानीय तहहरुका गतिविधि र कार्यक्रमहरुको बारेमा समिक्षा गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रतिनिधि सभाका सांसदद्धय पदम गिरी र लालकाजी गुरुङ लगायत प्रदेशका सांसदहरुको सहभागिता हुने भएको छ ।
त्यसैगरी प्रदेशका अन्य सांसदहरु, स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, कार्यालय प्रमुखहरु, नागरिक समाज, पत्रकार र अन्य सरोकारवालाहरुको सहभागिता हुने भएको छ । संघीयता कार्यान्वयन पछि जिल्लामा सवै क्षेत्रको उपस्थितिमा हुन लागेको यो पहिलो समिक्षा हो ।
कार्यक्रम आज विहान ११ बजेपछि शुरु हुने र कार्यक्रमको सवै तयारी पुरा भएको जिल्ला समन्वय समितिका प्रमुख मनोहबी पौडेलले जानकारी दिनुभयो । उहाँले जिल्लाभरीको समग्र समिक्षा गरेर आगामी दिनमा नयाँ र एकीकृत ढंगले अघि बढ्ने बातावरण तय गरिने संयोजक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!