लागु औषध प्रयोग कर्ता र मोबाइल चोरी गर्ने दुई युवा पर्वत प्रहरीद्धारा पक्राउ - News site from Nepal

पर्वत– पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी बस्ने ३१ बर्षिय नेपालीलाई बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा पक्राउ गरिएको हा े ।
आरोपित नेपालीले मंसिर २३ गते कुश्मा नगरपालिका वडा ६ न्युरोड स्थित हंग्री आइज रेष्टुरेन्टवाट खाजा खाने क्रममा सामसुङ मोवाईल चोरी फरार रहेका थिए भने म्याग्दी जिल्लाको मंगला गाउपालिका वडा न ६ वस्ने वर्ष १८ को सविन वि.क.कोसामसुङ मोवाईल चोरी गरेको पाइएको छ । अभियुक्तलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित एक युवा पक्राउ

पर्वतको सदरमुकाम कुस्माबाट लागु औषध सहित एक युवा पक्राउ परेका छन ।
पक्राउ पर्नेा कुश्मा नगरपालिका वडा न ६ का २४ बर्षिय विशाल कुमाल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको छ । निज कुमाललाई नियन्त्रणमा लिई निजको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ थान नोफीन, १ एम्पुल फेनेरागन, डाइजेपाप एक एम्पुल र नाइट्रोसन १० ट्याब्लेट भेटिएको छ । प्रहरीले लागुऔषधका बिरुद्ध आक्रामक अभियान चलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!