पर्वतमा यसरी मनाईयो गुरुङहरुको महान पर्व ल्होसार - News site from Nepal
पर्वतमा यसरी मनाईयो गुरुङहरुको महान पर्व ल्होसार

पर्वत–गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । सदरमुकाम कुश्माबजारमा रहेको मोदीकाली बुद्ध सेवा विकास समाज र नमोबुद्ध आनन्द गुम्वा आमा समुहको आयोजनामा शुभकामना आदानप्रदान गरेर ल्होसार मनाईएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि नबराज गुरुङ्गले धर्म संस्कृतिको संरक्षण र जगेर्ना जुनसुकै समुदायले पनि गर्नुपर्ने बताउनुभयो । यस्ता चाडपर्वहरु मानव जीवनलाई सहि मार्गमा हिडाउनका लागि प्रेरक हुने बताउँदै संस्कृतिलाई मौलीक परम्परा अनुसार नै मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले गुरुङ समुदायको सवैभन्दा ठुलो पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यसलाई सँधैभ जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले गुरुङ्ग समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशमा सार्वजनिक विदा दिएर प्रदेश सरकारले थप हौसला प्रदान गरेको बताउनुभयो ।

मोदीकाली बुद्ध सेवा समाजका अध्यक्ष धनराज गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब विपिन गुरुङ्गले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष गजेन्द्र तुलाचनले गर्नुभएको राजन गुरुङ्गले जानकारी दिनुभएको छ । कार्यक्रममा नेपाली सेना २३ नम्वर बाहिनी बागलुङका बाहिनीपति निर्माण गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको पनि विशेष उपस्थिति रहेको थियो । सो अवसरमा गुरुङ्ग समुदायमा प्रचलित संस्कृति, सालैजो लगायत सांगितिक प्रस्तुतीहरु पनि राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!